आर्थिक

गरिमा विकास बैंक र महालक्ष्मी लाईफबीच बैंकान्स्योरेन्स सम्झौता

काठमाण्डौ । गरिमा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सेवा प्रदानगर्ने सम्बन्धमा सम्झौता सम्पन्नभएको छ । बिहीबार आयोजित एक कार्यक्रममा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो सम्झौतापश्चात गरिमा विकास बैंक काग्राहकहरुले विकास बैंकका सम्पूर्णशाखाकार्यालयबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको गरिमाविकास बैंकको काठमाण्डौं उपत्यकामा ८ वटा शाखाकार्यालयसहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टैनै देशका थप १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ ।