अन्तर्राष्ट्रिय

हवाई कारबाहीमा पाँच तालिबानी लडाकू मारिए

मैदान शार । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको सयेद अबाद जिल्लामा तालिबानी आतङ्ककारी समूह लुकेर बसेका स्थान लक्षित हवाई कारबाहीमा कम्तीमा पाँच तालिबान लडाकू मारिएका सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीमा अन्य पाँच आतङ्ककारी घाइते भएका पनि जारी विज्ञप्तिमा जनाइएको छ । प्रायः अशान्त भईरहने मिलिखिलो क्षेत्रमा भएको यस कारबाहीमा परी पाँच तालिबान लडाकूको दुर्घटना स्थलमा नै मृत्यु भएको छ भने अन्य पाँच घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ ।

सशस्त्र लडाकू समूहले बसन्त क्रृतृको आगमणसँगै गत अप्रिल १२ आह्वान गरेको भीषण आक्रमणपछि सरकारी सुरक्षाबल र तालिबानी लडाकू समूहबीच झडप जारी रहेको छ ।