पु.समाचार

भारतीय लोकसभा चुनाव- ओलीले दिए भावी प्रधानमन्त्रीका लागि मोदीलाई अग्रिम बधाई !

काठमाडौँ । भारतको तल्लो सदन लोकसभाको लागि भएको निर्वाचनको मतगणना निरन्तर चलि रहेको छ । अहिले सम्मको मतगणनाको परिणामका आधारमा वर्तमान प्रधानमन्त्री नरेन्द मोदी निकट भारतीय जनता पार्टी (भाजपा) अग्रस्थानमा रहेको देखिन्छ ।

भारतीय सञ्चार माध्यमहरुले भाजपा गठबन्धन (एनडीए) ले ३०० भन्दा बढी स्थानमा अग्रता कायम गरिरहेको बताएका छन् । प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कङ्ग्रेसको प्रगतिशील गठबन्धन (युपिए) ले १०० स्थानको हाराहारीमा मात्र अग्रता बनाएको छ भने अन्य दल १०० भन्दा बढी सिटमा अगाडि रहेका छन् । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ ।

प्रधानमन्त्री केपी शार्मा ओलीले भारतको चुनावको मत परिणाम पूर्ण रुपमा सार्वजनिक न हुदै भारतीय प्रधानमन्त्री नरेन्द मादीलाई बधाई दिएका छन् । उनले बिहवार ट्वीट गर्दै मोदीलाई बधाई दिएका हुन् ।