आर्थिक

टि भी एस को “एक्सचेन्ज जात्रा”तथा ०% फाइनान्स योजना

काठमाडौं । नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै एक एक्स्चेञ्ज योजना अघि सारेको छ । विश्व विख्यात टिभीएस कम्पनीका मोटरसाईकलहरु तथा स्कूटरहरु नेपालमा पनि अत्याधिक रुचाइएका छन् ।

विभिन्न आकर्षक मोडलहरु तथा पावर इन्जिनहरुमा उपलब्ध यी मोटरसाईकल तथा स्कूटरहरु अब ग्राहकहरुले पुरानो तान्न छाडेर नयाँ हाँक्न पाउने गरी जगदम्बा मोटर्सद्वारा एक एक्स्चेञ्ज अफर टिभीएस एक्सचेञ्ज जात्रा संचालन गरेको छ । सिमीत अवधिका लागि यही जेठ ७ गतेदेखि जेठ ११ गतेसम्म जावलाखेल चोकमा संचालन भैरहेको यस योजनामा ग्राहकहरुले आफूसँग कुनै पनि अवस्थामा भएको कुनै पनि ब्राण्डको मोटरसाईकल तथा स्कूटरको सट्टामा नयाँ टिभीएस मोटरसाईकल तथा स्कूटर एक्सचेन्ज गर्न सक्नेछन् ।

यस योजनामा ग्राहकहरुले ३ तरिकाबाट नयाँ टिभीएस मोटरसाईकल रोज्ने विकल्प प्राप्त गर्नेछन् । जस अनुसार पहिलो ग्राहकले आफूसँग भएको जुनै अवस्थाको मोटरसाईकलको न्यूनतम ग्यारेन्टी मुल्य २५ हजार प्राप्त गर्ने, त्यस्तै दोस्रो एक स्या्र सट् स्क्य्राच कुपनबाट कम्तीमा १० हजार देखि बढीमा एक लाख रुपैयाँ सम्मको पक्का नगद छुट प्राप्त गर्ने र तेस्रोशुन्य प्रतिशत फाइनान्स सुविधा प्राप्त गर्ने रहेका छन् । यसका अतिरिक्त टिभीएस टु ह्वीलर साट्दा हेलमेट, रेनकोट, मोटरसाईकलकभर र ब्याग उपहारहरु पनि प्राप्त गर्नेछन् ।

योजनाका सम्बन्धमा जानकारी दिंदै जगदम्बा मोटर्सका भाईस प्रेसिडेन्टश्री दिपक अग्रवाल ले भने “यो योजनाको मुख्य उद्देश्य भनेकै हाम्रा आदरणीय ग्राहकहरुलाई पुरानो मोटरसाईकल तथा स्कूटरबाट छुट्कारा दिलाई टिभीएसका नवीन डिजाइन र प्रविधिका मोटरसाईकल तथा स्कूटरहरुको सवार गराउनु हो । यसैकारणले हामीले ग्राहकहरुलाई विशिष्ट सुविधाहरु समेत यस योजनामा उपलब्ध गराएका छौं । आशा छ, टिभीएस टु ह्वीलरमा रुची राख्नु हुने ग्राहकहरुले यो सुनौलो अवसरको लाभ उठाउनु हुने नै छ ।”

उक्त योजना नेपालको अन्य शहरहरुमा पनि संचालन गर्दै लैजाने पनि उनले जानकारी एिका छन् ।