अन्तर्राष्ट्रिय

कारबाहीमा तीन आतङ्ककारी मारिए

मजार ए शरिफ । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा जारी सैन्य कारबाहीको क्रममा जारी झडपमा परी तीन आतङ्ककारी मारिनुको साथै अन्य २० जना घाइते भएका सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

बाल्ख प्रान्तको बाल्ख जिल्लामा सो सैन्य कारबाही जारी रहेको थियो । कारबाहीको क्रममा पाँच ओटा गाउँलाई आतङ्ककारी मुक्त बनाइएको सेनाको दाबी रहेको छ ।यस कारबाहीको क्रममा सुरक्षाबलले आतङ्ककारीको सात ओटा मोटरसाइकल, हातहतियार र गोलाबारुद्धहरु कब्जामा लिएकोे बताइएको छ ।

यस कारबाहीको क्रममा सुरक्षा अधिकारी र सर्वसाधारणलाई भने कुनै क्षति नभएको सरकारी स्रोतले जानकारी दिएको छ । अफगानिस्तानको ३४ ओटा प्रान्तीय राजधानीहरुमा अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षाबलले नियन्त्रणमा लिन केही भागहरु बाँकी नै रहेको छ । तर अझै पनि ग्रामीण इलाकाको ठूलो भागमा तालिबान लडाकू समूहको नियन्त्रण्मा रहेको छ ।