समाचार

सुनचाँदी पसलबाट अज्ञात समूहले पैसा लुटेर फरार

काठमाडौँ । काठमाडौँको जोरपाटीस्थित भीमेश्वर सुनचाँदी पसलबाट अज्ञात समूहले पैसा लुटेर फरार भएका छन् ।

आज दिउँसो ग्राहक बनेर आएका चार जनाको समूहले पसलको सटर लगाएर रु ८० हजार लुटेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । चोरीमा कसको संलग्नता रहेको छ भन्ने विषयमा प्रहरीले सिसिटिभी क्यामेराको फुटेजबाट अनुसन्धान भइरहेको जनाएको छ ।