राजनीति

ओली सरकारले काङ्ग्रेसको कुरा सुने मात्रै सफल हुन्छ- बरिष्ठ नेता पौडेल

कैलाली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारले प्रतिपक्षी दल काङ्ग्रेसको कुरा सुने मात्र सफल हुन सक्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारले जनतामा आश्वासन धेरै बाँडेको , समृद्धिको यात्रालाई पनि अगाडि बढाउन नसकेको उल्लेख गरे । उनले प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको कुरा नसुन्नु नै सरकारको प्रमुख कमजोरी हो भने।

“अर्काको कुरा सुनिदिएर अघि बढेको भए सरकारको गल्ती सुधार हुने थियो,” नेता पौडेलले भने, “नसुध्रिने सरकारको नियत नै हो ।” उनले पार्टीको विधानले सबै संरचना खडा गरिसकेको बताउँदै अब त्यसलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याइरहेको बताए ।