समाचार

महानगर प्रमुख महर्जन अस्पताल भर्ना

जावलाखेल । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन अस्पताल भर्ना भएका छन् । आज उनको पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरिएको छ । आइतबार अपराह्नबाट पेट दुख्ने समस्या आएपछि उहाँ अस्पताल भर्ना भएका महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

सुमेरु सिटी अस्पतालका जनरल सर्जन, युरोलोजिष्ट डा रवीनबाबु बस्नेतको टोलीले उनको शल्यक्रिया गरेको उनले बताए । शल्यक्रियामा संलग्न चिकित्सक डा बस्नेतले दिनुभएको जानकारीअनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।