आर्थिक

लगानीकर्ताको मनोवल उच्च बनाउन समग्र पक्षलाई ध्यानमा राखेर कानून बनाउनुस्: उद्योगपति चौधरी

काठमाडौं । उद्योगपति एबम् नेपाली काग्रेसका सांसद विनोद कुमार चौधरीले देशको आर्थिक विकासको लक्ष्यस“ग जोडेर भूमि सम्वन्धी कानून निर्माण हुनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा भूमि सम्वन्धी आठौ“ संसोधन विधेयकमाथि आफ्नो धारणा राख्नु हुदै सांसद चौधरीले भुमिको उपयोग उत्पादन बृद्धिका लागि हुनुपर्नेमा जोड दिए ।

इन्डस्ट्रियल पार्क, एजुकेशन सिटी र कमर्सियल फार्मिङ जस्ता अवधारणा कार्यान्वयन गर्न आवस्यक पर्ने भुमि सहज रुपमा उपलब्ध हुने गरि कानून निर्माण गर्नु आवस्यक रहेको उनले बताए ।

‘उत्पादनशिल उद्योगहरूमा लगानी अभिबृद्धि गरि उत्पादन बृद्धि गर्नु अहिलेको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी हो । त्यसका लागि उत्पादनशिल क्षेत्रमा लगानी गर्नेहरुलाई सहज रूपमा जग्गा उपलब्ध गराउने वातावरण तयार गर्नुपर्छ’ सांसद चौधरीले भने ।

कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा उत्पादनशिल क्षेत्रको योगदान १२ प्रतिशतबाट घटेर ६ प्रतिशत पुगेको तथ्य प्रस्तुत गर्दै उद्योगपति समेत रहेका सांसद चौधरीले भने– यस्ता समग्र पक्षलाई ध्यानमा राखेर मात्रै हामीले भूमिसम्वन्धी कानून बनाउनुपर्छ । अन्यथा नेपालमा लगानीकर्ताहरूको मनोवल अरू खस्किन सक्छ ।

औद्योगिक र शैक्षिक सस्थाहरूको स्वामित्वमा रहेको तर उपयोग गर्न बा“की रहेको जग्गा फिर्ता गर्ने सोंच राख्नु सहि नभएको विश्लेषण गर्दै उनले औंद्योगिक क्षेत्रले दिर्घकालिन सोंचका साथ मास्टर प्लान तयार गर्ने र तत्काल केही जग्गा उपयोग नभएको जस्तो देखिए पनि भविष्यको औद्योगिक विस्तारका लागि त्यो जग्गा अपरिहार्य रहने भएकाले यसतर्फको दृष्टिकोणमा नै परिवर्तनको खा“चो उनले औल्याए । ‘ यदि औद्योगिक प्रयोजनले लिएको जग्गा उपयोग हुन सकिरहेको छैन भने राज्यले किन यस्तो भयो भनेर लगानीकर्ताको कुरा सुन्नुपर्छ र उसलाई सहजीकरण गरिदिन सक्नुपर्छ’, सांसद चौधरीले भने, ‘हामीले के बुझ्नुपर्छ भने लगानीकर्ताले उद्योगका लागि लिएको जग्गामा कदापी घर बनाएर बस्दैन । उत्पादन बढाउनकै लागि उसले त्यो जमिनको प्रयोग गर्छ ।’

सांसद चौधरीले आजको विश्वमा विस्तार भइरहेका आर्थिक क्षेत्र र कमर्सियसल फार्मिङका उदारहण प्रस्तुत गर्दै जमिनको खण्डिकरणबाट देशलाई औद्योगिकरण र व्यवसायिक कृषीको जग बसाल्न सम्भव नभएको बताए । मुलुक आर्थिक समृद्धिको योजनामा अगाडि बढिरहदा उत्पादन बृद्धिको आधारभूत पक्ष भूमिको उपयोग सम्वन्धी अवधारणालाई देशको वृहत्तर आर्थिक विकासस“ग जोडेर अगाडि बढ्न आवस्यक छ र यसका लागि यो सहि समय भएको पनि सांसद चौधरीले बताए ।