मनोरञ्जन

गायक प्रनिश बुढाथोकीक ‘दाई कि साली’ सार्बजनिक (भिडियो सहित)

काठमाडौँ । गायक प्रनिश बुढाथोकीको नायाँ गित ‘दाई कि साली’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । सुमधुर आवाजका धनि नब गायक प्रनिश बुढाथोकीको डान्सिङ बिटमा रहेको यस गीतको म्युजिक भिडियो समेत आकर्षक बनेको छ ।

गायक प्रनिश बुढाथोकीको स्वर तथा सिम्पल किरातीको शब्द रहेको यस गीतलाई संगीतकार अविनाश राइले संगीत भरेका छन् । छायाँकार उत्सब दाहालको छायांकन रहेको यस म्युजिक भिडियोलाइ निर्देशक अनुप चापागाईंले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा चर्चित मोडल अलिशा शर्मा, सुनिल क्षेत्रि तथा नब मोडल करण श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ ।

भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका छन् भने त्रिशा बुढाथोकीले निर्माण गरेकी छिन । निर्देशक अनुप चापागाईंले गीतको भावलाई भिडियोमा कुशलतापूर्वक कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । उक्त भिडियोलाइ म्युजिक आई कम्पनिले बजारमा लिएर आएको हो ।

https://www.youtube.com/watch?v=PjH6ffW3QZM