समाचार

पाँचथर हत्या काण्डः हत्यामा संलग्न भनी शङ्का गरिएका ज्वाइँ मृत फेला

काठमाडौँ । सोमोबार राति पाँचथरको मिक्लाजुङ गाउँपाचिकामा ९ जनाको विभत्स हत्या घटनामा संलग्न भएको आशंका गरिएका एक युवक झुण्डीएको अवस्थामा मृत भेटिएका छन् ।

प्रहरीले घटनामा संलग्न भनि आशंका गरिएका मानबहादुर माखिमको शव घटना स्थलबाट करिब साढे एक घण्टाको दुरीमा रुखमा झुण्डीएको अवस्थामा फेला पारेको छ । माखिम गए राति विभत्स हत्या गरिएका बमबहादुर फियाकका ज्वाइँ भएको प्राराम्भीक अनुसन्धनमा खुलेको छ ।

अनुसन्धान टोलीका अनुसार माखिम र उनकी श्रीमतीबिच पछिल्लो समय राम्रो सम्बन्ध थिएन । र उनको ससुराली परिवारसँग पनि राम्रो सम्बन्ध नरहेको स्रोतले जनाएको छ । 

सामूहिक हत्या काण्ड पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरी अनुसन्धान टोलीले बताएको छ ।