अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र बेलायतका राजकुमार चाल्र्सबिच भेटवार्ता हुने अनुमान

लण्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना गर्न लागेको बेलायत भ्रमणका क्रममा उनले बेलायतका राजकुमार चाल्र्ससँग भेटवार्ता गर्न सक्ने सीएनएनले सोमबार जानकारी दिएको छ ।

अपराह्न चियाको समयमा ट्रम्प र चाल्र्सबीच भेटवार्ता हुने अनुमान गरिएको छ । यद्यपी ह्वाइट हाउसले यस विषयमा केही टिप्पणी गरेको छैन ।

यसअघि ७० वर्षीय राजकुमार चाल्र्सले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट गर्न अनिच्छा देखाएका समाचारहरु प्रकाशन भएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले आगामी जुन ३ मा बेलायतको औपचारिक भ्रमण गर्दै छन्।