समाचार

एसएसपी खत्री नेतृत्वको टोलीले थाल्यो पाँचथरको बिभत्स घटना अनुसंधान (अपडेट)

काठमाण्डौ । पाँचथरमा गएराती भएको नौ जनाको बिभत्स हत्याको घटना अनुसंधानका लागि नेपाल प्रहरीका एएसएसपी शरद खत्रीको नेतृत्वमा अनुसंधान टोली गठन गरिएको छ ।

ज्वाई र ससुराको घरमा भएको बिभत्स हत्याको घटनामा मंगलबार बिहान ज्वाई (धनराज शर्मा)र ससुरा (बमबहादुर फियाक)को बाट क्रमसः ५ र ४ जनाको लास प्रहरीले पत्ता लगाएपनि घटना के कती कारणले भयो प्रारम्भीक रुपमा पत्ता नलागेपछि अनुसंधान टोली गठन गर्नुपरेको प्रदेश नं. १ प्रहरी कार्यालयले बताएको छ ।

९ जनाको शब भेटिएको उक्त घटनास्थलमा प्रहरीले तालिमप्राप्त कुकुरहरुसहितको कडा सुरक्षा दिएको छ । घटनालाई प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय, प्रदेश नम्बर १ सरकारले समेत गम्भीर रुपमा लिएको देखिएको छ, आवश्यक परे सिआईबीलाई अनुसंधानका लागि खटाउने संकेत समेत दिएको छ ।

यो पनि पढ्नुहोस्:-

गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या