मनोरञ्जन

गायिका पुर्णिमा लामाको आवाजमा ‘चोखो माया’ ( भिडियो सहित)

काठमाडौँ । लिम्दुमी क्रियसनको प्रस्तुतीमा चर्चित गायिका पुर्णिमा लामाको आवाजमा ‘ चोखो माया ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

गीतमा प्रेमका कोमल भावहरुलाई निकै आकर्षक रुपमा समेटिएको छ । गीतमा सेमन्त राईको शब्द तथा डि.आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज रहेको छ ।

आफुले चोखो माया गर्दा पनी पिडा दिने मायालुको भोगाईलाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । मनोज राईको छायाँकन तथा सम्पादन , आशिष राईको निर्देशनमा भिडियो रहेको छ । ‘चोखो माया’ गीतको भिडियोमा मेलिना राई, प्रविन चाम्लिङ राईको अभिनय रहेको छ ।