राजनीति

अध्यक्ष थापा भन्छन्, ‘परराष्ट्र सचिवलाई अन्त सार्ने प्रस्ताव सच्याउनुस प्रधानमन्त्री ज्यू’

काठमाण्डौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले परराष्ट्र मन्त्रालयको सचिव जुनसुकै मन्त्रालयमा जान सक्नेगरी सरकारले पेश गरेको विधेयकको विरोध गरेका छन् ।

पुर्ब उपप्रधान तथा परराष्ट्र मत्ती समेत रहेका अध्यक्ष थापाले बिधेयक अनुपयुक्त र गलत भएको ठहर गर्दै अन्तर्राष्ट्रिय सम्बन्धको महत्व बुझेको सचिवलाई अन्त लगेर नबुझेकोलाई परराष्ट्रमाल्याउने कुरा प्रंधानमन्त्रीलाई सच्याउन आग्रह समेत गरेका छन् ।  अध्यक्ष थापाले मंगलबा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् ।

अध्यक्ष थापाले भनेका छन्, ‘परराष्ट्र मन्त्रालयको सचिव जुनसुकै सेवाबाट जानसक्ने गरि सरकारले पेसगरेको विधेयक अनुपयुक्तरगलत छ। यसले परराष्ट्र सेवाको व्यवसायिक क्षमतामा ह्रास आउने र कुटनीतिक सम्बन्ध कमजोर बनाउने छ।अन्तर्राष्ट्रिय सम्बन्धको महत्व बुझेका प्रम @kpsharmaoliले पक्कैपनि यसलाई सच्याउने विश्वास गर्दछु’