अन्तर्राष्ट्रिय

सीमा क्षेत्रमा भएको आक्रमणमा परी सातको मृत्यु

बामाको । मालीको बुर्किना फासोसँगैको सीमा क्षेत्रमा भएको एक आक्रमणमा परी सात व्यक्तिको मृत्यु भएको छ ।

सो आक्रमणमा परी चार सर्वसाधारण, दुई प्रहरी र एक सीमा शुल्क विभागका अकृधितको मृत्यु भएको सुरक्षा र सरकारी स्रोतले सोमबार जानकारी दिएको छ ।

मालीको कोउरीमा रहेको सीमाचौकीमा आइतबार राति सशस्त्र हतियारधारीहरु सो आक्रमण गरेका स्थानीय प्रहरीले जानकारी दिएको छ । आक्रमण गर्ने ती व्यक्तिहरुको परिचय भने खुल्न सकेको छैन् । यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन् ।