कर्णाली प्रदेश

व्यापारीलाई कर शिक्षासम्बन्धी सचेतना कार्यक्रम

खलङ्गा । यहाँका व्यापारीलाई कर शिक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको छ । जुम्लास्थित करदाता सेवा कार्यालयले जिल्लाका उद्योगी तथा व्यापारीलाई कर तिर्ने व्यवस्थासहित विभिन्न प्रक्रियाबारे जानकारी गराएको हो ।

उक्त कार्यालयका प्रमुख हिमालय बमले करको परिभाषा, कर सङ्कलनको व्यवस्था, करका प्रकारलगायत अन्य व्यवस्थाबारे जानकारी गराएका थिए। कर नै राज्यलाई बलियो बनाउने आधार भएकाले कुनै पनि व्यवसायको कर तिर्न अनिवार्य रहेको र यसका लागि स्थायी लेखा नम्बर आवश्यक भएकामा सो अवसरमा जोड दिएको थियो ।

अन्तक्र्रियामा उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष रजवअलि मनियार र वरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटा लगायतले करका विविध विषयमा चर्चा गरेका थिए ।