आर्थिक

दुई लाख ५६ हजार राजश्व सङ्कलन

बझाङ । अस्थायी ट्राफिक प्रहरी पोष्टले जिल्लामा सवारी नियम उलङ्घन गर्ने १७० सवारी चालकबाट जरिवानाबापत २५६ हजार राजश्व सङ्कलन गरेको छ । जरिवानाबापत फागुनमा रु ७५ हजार ५००, चैतमा रु ८६ हजार ५०० र वैशाखमा रु ९४ हजार सङ्कलन गरिएकोे उक्त पोष्टले जनाएको छ ।

उक्त पोष्टमा एक प्रहरी सहायक निरीक्षक, एक प्रहरी हवल्दार र तीन प्रहरी जवान गरी पाँच प्रहरी कार्यरत छन् । ट्राफिक प्रहरीले पटकपटक हुने सवारी नियम उलङ्घनबारे सरोकारवालासँग अन्तक्र्रियासमेत गर्दै आए पनि जरिवाना घटनाको सटो बढ्दै आएको छ ।

क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्स नबोक्नेका साथै सवारी नियम उलङ्घन गर्ने गरेकाले कारवाही गर्नुपरेको उक्त पोष्टका प्रहरी हवलदार हेमबहादुर कठायतले बताए। जरिवानाबाट उठेको रकम प्रत्येक महीनाको अन्तमा राजश्व खातामा जम्मा हुँदै आएको छ ।