आर्थिक

मुक्तिनाथ विकास बैंकद्धारा महानगरीय प्रहरी वृत्त, कमल पोखरीमा हरित गार्डेन निर्माण

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त कमल पोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा वातारण मैत्री हरित गार्डेन बनाएको छ ।

महानगरीय प्रहरी वृत सामुदायिक शाखासंग सहकार्य गरी बैंकले सडक पेटीको खाली चौंरमा हरित गार्डेन बनाएको हो । बैकंले कमल पोखरी टोललाई थप आकर्षित तथा सफा राख्नका लागि गार्डेन बनाएको जनाएको छ ।