पु.समाचार

पूर्व-डिआईजीको घरमा चोरी गर्ने विष्णु लामा प्रहरी इन्काउन्टरमा समातिए

काठमाडौँ । प्रहरीले सोमबार बिहान काठमाडौँको टोखाबाट विष्णु लामालाई गोली हानेर पक्राउ गरेको छ । विभिन्न अपराधमा संलग्न काले भनिने लामाालाई प्रहरीले उच्च निगरानिको सुचीमा राखेको थियो ।

६ वर्षसम्म जेल बसेर छुटेका लामालाई दायाँ खुट्टमा गोली हानेर पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखा एसएसपी सहकुल थापाले बताए ।  एसएसपी थापाले भने, ‘महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिने क्रममा लामाले उल्टै गोली देखाएर आक्रमणको प्रयास गरेका थिए । त्यसपछि आफ्नो सुरक्षाको लागि प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।’

सिन्धुपाल्चोकको मेलम्चीमा घर भएका तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत लुटपाट गरेका थिए ।