बाग्मती

महासन्धिले उठाएका दिगो व्यवस्थापको मुद्दालाई आत्मसात् गरी न्यायिक वितरण गर्नुपर्छ: मन्त्री बस्नेत

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय वन क्षेत्र बढ्दै गएको बताएका छन् । उनले जङ्गल वृद्धि हुनाका साथै वन्यजन्तुको सङ्ख्यसमेत बढेको बताए।

डब्लुडब्लुएफ नेपालको २६औँ वार्षिकोत्सवमा मन्त्री बस्नेतले डब्लुडब्लुएफ नेपालले संरक्षणका क्षेत्रमा गरेको सहयोगको प्रशंसासमेत गरे। ४५ प्रतिशत भूभाग जङ्गलले ओगटेको उल्लेख गर्दै मन्त्री बस्नेतले अहिले वनजङ्गल र वन्यजन्तु चोरी–निकासी एवं शिकार नियन्त्रण भएको बताए ।

वन्यजन्तु र मानवबीच देखिएको द्वन्द्व कम गर्न चुनौती भएको समेत उनको भनाइ थियो । जैविक विविधता महासन्धिले उठाएका दिगो व्यवस्थापको मुद्दालाई आत्मसात् गरी उपभोग र लाभको न्यायिक वितरण हुनुपर्ने बताए।