समाचार

बस दुर्घटनाः मृतकको सङ्ख्या आठ पुग्यो (अपडेट)

धादिगं ।झापाको काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाका ३५ वर्षीया सीता थपलिया, इलाम कन्यामका २० वर्षीय विशाल गिरी, थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, धादिङ बेनीघाट रोराङ गाउँपालिका–३ का ४३ वर्षीय राज आचार्य रहेका छन् । आचार्यको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै मृत्यु भएका प्रकाश श्रेष्ठ र शेखर मगरको ठेगाना खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमराज घिमिरेले बताएयो । दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते २९ यात्रुको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, गजुरी अस्पताल, आदमघाट अस्पताल, गल्छी अस्पताल तथा काठमाडौँको ट्रमा सेन्टर, मेडिसिट अस्पतालमा उपचार भइरहेको छ । ना७ख ४३८७ नं को बस सडक छेउको बारमा ठोक्किएर ६० मिटर तल त्रिशूली नदीमा खसेको हो ।