समाचार

काँग्रेसको नर्सहरुको आन्दोलनमा ऐक्यबद्धताः आन्दोलन १० दिन हुंदापनि माग पुरा नगर्नु दुःखद

काठमाण्डौ । नेपाली काँग्रेसले स्वास्थ्य क्षेत्रमा कार्यरत नर्सहरुले आफ्नो पेशागत हक, हितको संरक्षण, न्यूनतम सेवा तथा सुविधाको माग राखी संघर्षको कार्यक्रम गरेको आज दशौँ दिन वितिसक्दा पनि राज्यले देखाएको उदासिनताप्रति नेपाली कांग्रेसको गम्भीर ध्यान आकृष्ट भएको जनाएको छ ।
अनसनमा बसेका नर्सहरुको स्वास्थ्य स्थिति बिग्रदै गएको तर्फ समेत राज्य गम्भीर नदेखिनु दुःखद विषय भएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीलाई उदृत गर्दै काँग्रेसले जनाएको छ ।

यथाशीघ्र वार्ता र संवादको माध्यमबाट समस्याको निकास खोज्न नेपाली कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई आग्रह समेत गरेको छ ।