समाचार

प्रेस युनियन मोरङद्वारा तीन पुरस्कार घोषणा

काठमाडौँ । नेपाल प्रेस युनियन मोरङ शाखाले पत्रकारितासँग सम्बन्धित तीनवटा पुरस्कारको घोषणा गरेको छ ।

युनियनको हालै बसेको बैठकले पुरस्कार पत्रकारितामा सत्रिय न्यू सृष्टि दैनिकका प्रधानसम्पादक शङ्कर खरेललाई रमाप्रसाद–मायादेव रिजाल, कान्तिपुर दैनिकका प्रदेश १ संयोजक माधव घिमिरेलाई शैलजा आचार्य स्मृति र न्यूज २४ टेलिभिजनकी प्रदेश ब्यूरो प्रमुख तारा आचार्यलाई शैलजा आचार्य स्मृति पत्रकार महिला पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको युनियनका सभापति कुमार लुइँटेलले जानकारी दिए ।

पुरस्कारको राशि जनही रु.१५ हजार तथा प्रमाणपत्र रहेको छ । पुरस्कार युनियनको स्थापना दिवसको दिन जेठ १३ गते प्रदान गरिने अध्यक्ष लुइँटेलले जानकारी दिए ।