अन्तर्राष्ट्रिय

तान्जानियामा बाढीका कारण घरबारविहीन

नैरोबी । तान्जानियामा आएको बाढीका कारण पाँच जनाको मृत्यु हुनुका साथै दुई हजार ५०० भन्दा बढी मानिस घरबारविहीन भएका छन् ।

जिल्ला प्रशासनका सचिव सालोम मागाम्बोले लेक मलावीसँग सीमा जोडिएको क्येला जिल्लाका विद्यालयहरु बन्द गरिएको जानकारी दिए । ठूलो वर्षाका कारण स्थानीय नदीको सतह बढेर गाउँतर्फ पसेपछि स्थानीय सर्वसाधारण अन्यत्र भाग्न विवश भएको पनि मागाम्बोले बताए ।

उनले बाढीले गरेको क्षति व्यापक रहेको बताउँदै विस्थापित मानिसहरु विद्यालय, गिर्जाघर र साथीभाइका घरमा आश्रय लिइरहेको जानकारी दिए ।

मोगाम्बोले आपतमा परेका मानिसका लागि खाद्यान्न र स्वास्थ्य सेवाको प्रबन्ध मिलाइएको पनि बताए । बाढीले यहाँको धानखेत डुबाएको, बालीनालीमा व्यापक क्षति गरेको तथा आगामी दिनमा खाद्यान्न अभाव हुने स्थिति उत्पन्न भएको छ ।
गत वर्ष अप्रिलमा केन्याको आर्थिक राजधानी दारे–ए–सलाममा भारी वर्षासँगै आएको बाढीले कम्तीमा १४ जनाको मृत्यु भएको थियो ।