अन्तर्राष्ट्रिय

अष्ट्रेलियाली लेबर पार्टीका नेताद्वारा राजिनामा दिने निर्णय

सिड्नी । शनिबारको अनपेक्षित निर्वाचन परिणामसँगै अष्ट्रेलियाको लेबर पार्टीका नेता बिल शर्टेनले पराजयको जिम्मेवारी लिँदै पार्टी नेतृत्वबाट राजिनामा दिने निर्णय लिएको बताएका छन् ।

“निर्वाचन परिणामलाई हेर्दा यो पक्का भैसकेको छ कि अब लेबर पार्टीले नयाँ सरकार बनाउन सक्ने सम्भावना छैन,” शर्टेनले आफ्ना समर्थकलाई विश्वास गर्न कठिन निर्णय सार्वजनिक गरे ।

उनले थने, “राष्ट्रिय हितका लागि केही समय अगाडि मैले लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री स्कट मोरिसनलाई फोन गरी बधाई दिइसकेँ ।”