राजनीति

भ्रष्टाचार मौलाएर सीमा नाघेको छ, जुनसुकै पार्टीको भएपनि कारबाही गर्नुपर्छः नेता केसी

काठमाण्डौ । नेपाली काङ्ग्रेसका नेता अर्जुननसिंह केसीले संविधानको प्रावधान, व्यवस्था र भावनाको प्रतिकूल हुने गरी सरकारले सञ्चार सम्बन्धी कानून र मिडिया काउन्सिल सम्बन्धी विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

नेपाली काँग्रेसका बरिष्ठ केन्द्रीय सदस्य एबं पूर्बमन्त्री समेत रहेका नेता केसीले पछिल्लो पटक भ्रष्टाचार मौलाउँदै गएकाले संलग्न जुनसुकै व्यक्ति वा जुनसुकै पार्टीको भए पनि छानबिन गरी कारवाही गर्न सरकार वा सम्बन्धीत पक्ष समक्ष आग्रह गरेका छन् । नेता केसीले नेकपा दुईतिहाईको दम्भमा फसेको भन्दै निर्मला पन्तको बलात्कारी/हत्यारा पत्ता लगाउन नसकेको, दोहारो करका कारण जनतालाई मार्कामा पारेको, महंगी जनताले धान्नै नसक्नेगरी बृद्धी हुंदा मुकदर्शक भएको बसेको, बिदेश भ्रमणमा सरकारका मन्त्रीहरुले आवश्यक्ताभन्दा बढी खर्च गरेको लगायतका आरोपहरु लगाएका छन् ।

काँग्रेस एकढिक्का भएर सरकारका गलत कामका बिरुद्धमा खबरदारी गर्नुपर्ने समेत नेता केसीले उक्त राजधानीमा आयोजीत एक कार्यक्रममा बताएका छन् ।