गण्डकी प्रदेश

कम्युनिष्टको गण मानिने पर्वतको गाँउमा नेकपाका दर्जनौं कार्यकर्ता काँग्रेस प्रवेश

पर्वत । नेपाली काँग्रेस प्रवेश गर्नेहरुको देशभर भीड बढीरहेका बेला कम्युनिस्ट गढको रुपमा परिचित नेकपा नेता तथा प्रदेश ४ का पर्यटन मन्त्रि बिकास लम्सालको आफ्नै वडा खानिगाउमा दर्जन युवा नेपालि काङ्ग्रेसमा प्रवेश गरेको समाचार छ। लोकतान्त्रिक बिचारधारालाइ नै उत्तम ठान्दै नेकपाका दर्जनौं स्थानीय नेता कार्यकर्ता काँग्रेस प्रबेश गरेका छन् ।
नेपाल तरुण दलको अगुवाईमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेकपाको दुईतिहाई सरकारको समयमा जनतालाई वास्ता नगरी महंगी बढाएको, भ्रष्टाचार बढेको लगायतका आरेप लगाउदै नेकपाका नेता कार्यकर्ताहरु काँग्रेस प्रवेश गरेका हुन् । काँग्रेस नेता ऋषिकेश तिवारी लगायतका नतेताहरुको उपस्थितिमा नेकपा परिुत्याग गरि रातो टीका लगाएर काँग्रेस प्रवेश गरेका छन् । काँग्रेस प्रवेश गर्ने युवाहरु तरुण दलमा सकृय भएर राष्ट्रको सेवा गर्ने बताईरहेका छन् भने कतिपयले पार्टीले दिएको जिम्मेवारीलाई आत्मासात गर्दै समाजसेवा गर्ने बताएका छन् ।