बाग्मती

जनताको सेवामा समर्पित भई इतिहास रच्ने आधार बनाउन प्रतिबद्ध रुपले लागेका छौँ: मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार बहुदलीय प्रणाली, मानव अधिकार, स्वतन्त्र न्यायपालिका, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता र विधिको शासनप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

बुद्धपूर्णिमा तथा उभौली पर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गरी उनले तीनै तहका सरकार जनताप्रति उत्तरदायी, जनताबाट सञ्चालित र जनताको सेवामा समर्पित भई “समृद्ध नेपाल, सुखी नेपाली” बनाउने उद्देश्य पूरा गर्न समन्वयकासाथ अघि बढी इतिहास रच्ने आधार बनाउन प्रतिबद्ध रहेको उल्लेख गरे।

“विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६३औँ जन्मजयन्तीको पावन अवसरमा विश्वभरका बौद्धमार्गी एवं शान्ति र अहिंसाप्रेमी तथा किरात समुदायको महानचाड उभौली पर्वको पावन अवसरमा सम्पूर्ण समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।