समाचार

छुवाछूत अन्त्यका लागि शुरु भएको पदयात्रा काँकडभिट्टा पुगेर सम्पन्न

काठमाडौँ । जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि चैत ३ बाट शुरु भएको महाकाली–मेची पदयात्रा काँकडभिट्टा पुगेर सम्पन्न गरिएको छ । पैदयात्रामा सहभागी होमराज आचार्य, अशोक दर्नाल र रीता परियारले देशका प्रत्येक कुनाकाप्चाबाट छुवाछूत सदाका लागि अन्त्य गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ उक्त पदयाक्रा गरिएको यहाँ आयोजित एक कार्यत्रममा जानकारी दिए।

एक लाख १७ हजार नागरिकसँग प्रत्यक्ष संवाद, अन्तर्क्रिया र छलफल गर्दै आफूहरुले सामाजिक विभेद नै परिर्वतनको बाधक तत्व भएकाले स्थानीय स्तरबाटै यसको समधानको उपाय खोज्न र कानून कार्यान्वयनमा देखिएका कमीकमजोरी सच्याएर समाजलाई सचेत गराउने काम गरिएको उनीहरुको भनाइ थियो ।

पदयात्री दर्नालले आफूहरुले ५४ दिन लामो महाकाली–मेची पदयात्रामा १३२८ किलोमिटर यात्रा गरेको जानकारी दिए। अर्का पदयात्री आचार्य र परियारले याक्राका त्रममा दलितले भोग्दै आएको पीडाबारे पनि साक्षात्कार गरिएको बताए।

“छुवाछूतसम्बन्धी नीति तथा नियम किताबमा मात्रै सीमित भएकाले त्यसलाई व्यवहारमा लागू गरिनुपर्नेमा जोड दिँदै उनीहरुले आगामी छ महीनाभित्र जातीय विभेद र छुवाछूत अन्त्यका लागि सामाजिक रुपान्तरणमा लाग्ने र ७५३ स्थानीय निकायकाबाट ५१ सदस्यीय परिर्वतनका लागि संवाहक नामक समिति गठन गरी राष्ट्रिय सञ्जाल निर्माण गरिने जानकारी दिए।