सामाजिक सञ्जाल

काँग्रेसलाई म्युजियममा होईन, पार्टी फेर्दै हिँड्ने डा भट्टराईलाई चिडियाखानामा राख्नुपर्छः नेता गुरुङ

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले नेपाली काँग्रेसलाई म्युजियममा राख्नुपर्छ भन्ने डा. बाबुराम भट्टराईलाई चिडियाखानामा राख्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता गुरुगंले पार्टी परिवर्तन गरिरहने डा भट्टराई जस्ता नेताले यस्तो अनावश्यक कुरा गरि हिड्छन् भन्ने देखाउन समेत डा भट्टराईलाई चिडियाखानामा राख्नुपर्छ भन्ने संकेत दिएका छन् । डा भट्टराईतर्फ संकेत गर्दै नेता गुरुगंले राजनीतिमा बहस चलाउनु भनेको राम्रो कुरा भएको समेत खुलाएका छन् ।

नेता गुरुगंको स्टाटस “शुक्रबार डा बाबुराम भट्टराईले नयाँशक्ती पार्टी र संघीय समाजबादी पार्टीको एकतापछिको देशब्यापी भाषणमा नेकपा समाप्त हुने र काँग्रेसलाई म्युजियममा राख्नुपर्ने सार्बजनिक अभिब्यक्ती दिएपछि राजनीतिक बृतमा नबगठीत समाजबादी पार्टी नेपाल र डा भट्टराईका बिषयमा टिकाटिप्पणीहरु हुने गरेका छन् । त,
एकजना पार्टी फेर्दै हिंड्ने श्रदेय नेताले ‘नेपाली कांग्रेसलाई म्युजियममा राख्नुपर्छ’ भनेका रहेछन्। तर पार्टी फेर्दै हिंड्ने नेता यस्ता हुन्छन् भनेर प्रदर्शन गर्न चिडियाखानामा राख्नुपर्छ भनेर म भन्न चाहन्न किनकी राजनीतिमा विचारको वहस चलाउनु पर्छ, नकि गालीगलौजको।”