राजनीति

देश विकास गर्ने एकमात्र पार्टी काँग्रेस हो, देशभर कार्यकर्ता मिल्नुको विकल्प छैनः नेतृ कोईराला

भक्तपुर । नेपाली काङ्ग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकमा शान्ति स्थापनार्थ नेतृत्वदायी भूमिका खेल्नुहुने पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई देशले बिर्सन नहुने बताएकी छन् ।

जिपी कोइराला फाउण्डेसनले आज भक्तपुरमा आयोजना गरेको गिरिजाप्रसाद कोइरालाको तस्बिर प्रदर्शनी एवं विचार गोष्ठीमा उनले देशमा शान्ति स्थापनादेखि राजतन्त्र अन्त्य र संविधान निर्माणमा समेत सबै दललाई एकताबद्ध बनाइ अगाडि बढ्नुभएको कोइरालाको योगदानलाई कसैले भुल्न नहुने बताईन् ।

सशस्त्र युद्धमा होमिएको तत्कालीन माओवादीलाई शान्ति वार्तामा ल्याउन, राजतन्त्र विरुद्धको आन्दोलनमा सबै दलको मोर्चाबन्दी बनाइ आन्दोलन गर्न र संविधान निर्माणमा समेत कोइरालाको अतुलनीय भूमिका रहेको नेत्री कोइरालाको भनाइ थियो ।

काङ्ग्रेसका केन्द्रीय नेता गुरुराज घिमिरे, कमला पन्त, रीता खनाल, पूर्व सांसद लेखनाथ न्यौपाने, काङ्ग्रेस भक्तपुर जिल्ला अध्यक्ष दुर्लभ थापा, जिपी फाउण्डेसनका जिल्ला अध्यक्ष विदुरमानसिंह बस्नेतलगायतले गिरिजाप्रसाद कोइरालाले सहमति, सहकार्य र एकताका लागि खेलेको भूमिकाको चर्चा गरिन् ।
नेतृ कोईरालाले गरिजा प्रसाद कोईरालाको बाटो बिशेकाले काँग्रेसले बिगतमा हार ब्यहोरेको र उक्त लाईन नसमातेमा आउदा निर्बाचनमा समेत काँग्रेस अप्ठ्यारोमा पर्ने बताईन् । नेतृ कोईरालाले काँग्रेस एकढिक्का भएर सात प्रदेश र सातैवटा स्थानीय तहमा संगठन मजबुद बनाउनुको विकल्प नरहेको र देशको निकास दिन सक्ने पार्टी काँग्रेसमा भएको विचार ब्यक्त गरिन् ।