समाचार

काँग्रेसले सात प्रदेशका १६ स्थानमा कृयाशीय सदस्यलाई प्रशिक्षण दिने यस्तो गर्यो महत्वपूर्ण निर्णय

काठमाण्डौ । नेपाली काङ्ग्रेसले यही जेठ १५ गते गणतन्त्र दिवसका सन्दर्भमा ‘गणतन्क्रको एक दशक’, अन्तर्त्रिया, प्रभातफेरीलगायत विभिन्न कार्यक्रम गर्ने भएको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘गणतन्त्रको एकदशक’ विषयमा छलफmल तथा अन्तर्क्रिया कार्यत्रम, जेठ १५ गते प्रभातफेरी र दीप प्रज्वलन तथा जेठ १६ गते सङ्घीयताको कार्यान्वयन विषयमा विचार गोष्ठी जनाएको हो ।

काङ्ग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा आज बसेको प्रतिष्ठानको बैठकले सातै प्रदेशका १४ स्थानमा महाधिवेशन प्रतिनिधिका लागि दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टीका क्रियाशील सदस्यका लागि एकदिने आधारभूत प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टी कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए ।

त्यस्तै काङ्ग्रेसले केन्द्रीयस्तर (काठमाडौँ) मा र देशका अन्य भागमा क्रमशः ‘नेपाली काङ्ग्रेस मेला’ कार्यक्रमको आयोजना गर्ने, जिल्लामा फार्टीको राष्ट्रिय जागरणको कार्यक्रमसँगै समन्वय हुने गरी कार्यत्रम सञ्चालन गर्ने र जिल्लामा हुने गणतन्क्र दिवसको कार्यत्रमलाई सहजीकरण गर्न प्रतिष्ठानबाट प्रतिनिधि पठाउनेसमेत निर्णय गरेको छ ।

काँग्रेसले बैठकपछि पठाएको विज्ञप्तीका अनुसारः
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख श्री विमलेन्द्र निधिको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर ललिपुरमा आज सम्पन्न भयो । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा। पुरुषोत्तम दाहालले बैठकका प्रस्तावहरुका सम्बन्धमा जानकारी गराउनु भयो र सदस्यहरुले आ–आफ्ना धारणा राख्नु भएको थियो ।

बैठकको निर्णय देहाय बमोजिम रहेको छः

१. ७ वटै प्रदेशका १४ स्थानमा महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने ।

२. नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुका लागि १ दिने आधारभूत प्रशिक्षण कार्यक्रम संचालन गर्ने ।

३. नेपाली कांग्रेसले केन्द्रीय स्तर ९काठमाडौं० मा र देशका अन्य भागमा पनि क्रमशः ‘नेपाली कांग्रेस मेला’ कार्यक्रमको आयोजना गर्ने ।

४. जेठ १५ गते गणतन्त्र दिवसको सन्दर्भमा काठमाडौँंमा जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम, १५ गते विहान प्रभातफेरी र बेलुका दीप प्रज्वलन तथा १६ गते संघीयताको कार्यान्वयन विषयमा विचार गोष्ठी आयोजना गर्ने ।

५. जिल्लाहरुमा पार्टीको राष्ट्रिय जागरणको कार्यक्रमसँगै समन्वय हुने गरी कार्यक्रम संचालन गर्ने र जिल्लामा हुने गणतन्त्र दिवसको कार्यक्रमलाई सहजीकरण गर्न केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानबाट प्रतिनिधिहरु पठाउने ।