आर्थिक

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप १ शाखा रहित बैंकिङ्ग सेवा

काठमाडौँ । माछापुच्छ्रे बैंकले रुपन्देहीमा १ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामा थप १ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ९८ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त
शाखा रहित सेवा केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तनी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १०० वटा शाखालगायत ९८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १९८ स्थानबाट ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरी रहेको छ । साथै, बैंकको देशभर १२१ वटा एटीएम सञ्चालनमा रहेको छ ।