समाचार

धादिङलाई केन्द्रविन्दु बनाएर ५ रिक्टर स्केलको परकम्प

काठमाडौँ । धादिङको नलाङ र कुम्पुर क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज अपराह्न ५ रिक्टर स्केलको परकम्प गएको छ ।

अपराह्न २ बजेर ८ मिनेट जाँदा उक्त परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त परकम्प ‘गोरखा भूकम्प’ कै परकम्प भएको बताइएको छ ।