समाचार

महासचिव महरलाई संयोजक दिएर मेरो अपमान भयो- रञ्जित तामाङ

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको जोडबलमा ऐन महरलाई संयोजक बनाइएको भन्दैँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठनमा तीव्र असन्तुष्टि देखिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले बिहीबार विद्यार्थी संगठनको संयोजक ऐन महर र रञ्जित तामाङ सहसंयोजक तोकीएका थिए । महर तत्कालीन अनेरास्ववियुका महासचिव हुन् भने अध्यक्ष नविना लामा हुन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीको जोडबलबाट महर संयोजक भएको सहसंयोज तोकिएका रञ्जित तामाङ, अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष रश्मी आचार्यलगायका विद्यार्थी नेताले बताएका छन् ।

तत्कालीन माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष तामाङ भने, ‘अनेरास्ववियूका महासचिव महरलाई संयोजक दिएर आफूलाई सहसंयोजक बनाएर मेरो अपमान भयो, नविना लामा संयोजक भएको भए म सहसंयोजक बन्थें । तर, महासचिवको मुनि बस्ने कुरा हुँदैन ।’

यसैगरी विद्यार्थी संगठनका सहसंयोजक समेत तोकिएका तामाङले आफुमाथि अपमान भएको भन्दै राजिनामा दिने तयारी भएको बताएका छन् ।