आर्थिक

एनएमबी बैंक र ओम विकास बैंक मर्जरमा हस्ताक्षर, चुक्ता पुँजी १२ अर्ब १३ करोड पुग्यो

काठमाण्डौ । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज हुने भएका छन् । एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई मर्जर गर्नको लागि बिहिबार काठमाण्डौको एक होटलमा सम्झौता गरेको छ ।
यसअघि ओमले प्राईम कर्मसियल बैंकसँग मर्जरमा जाने सम्झौता गरेको थियो । तर, उक्त सम्झौता भाँडिए पश्चात ओमले एनएमबि बैंकसँग मर्जरमा जानको लागि सम्झौता गरेको हो । सम्झौतामा एनएमबि बैंकका तर्फबाट सञ्चालक प्रदिपराज पाण्डे र ओमका तर्फबाट सञ्चालक योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरेकाछन् ।
सम्झौता अनुसार दुुबै बैंकले सम्झौताको मितीले आगामी तीन महिनाभित्रमा मर्जर प्रकृया सम्पन्न गरी एकीकृत कारोबार सञ्चालन गर्नेछन् । मर्जर पश्चात बन्ने एनएमबि बैंकको चुक्ता पुजी १२ अर्ब रुपैयाँको हाराहारीमा पुुग्ने छ । हाल एनएमबिको चुक्ता पुंजी नौ अर्ब ६१ करोड ८१ लाख ६३ हजार रुपैयाँ रहेको छ भने ओमको चुक्ता पूँजी दुई अर्ब ५१ करोड १५ लाख ३५ हजार रुपैयाँ रहेको छ । यसैगरी प्राप्ती पश्चात एनएमबिको निक्षेप एक खर्ब २० अर्ब रुपैयाँको हाराहारीमा पुुग्ने छ भने कर्जा रकम एक खर्ब १० अर्ब रुपैयाँको हारारहाीमा रहेको छ । हाल एनएमबि बैंकको निक्षेप तथा कर्जा रकम क्रमशः ९३ अर्ब ९६ करोड २६ लाख रुपैयाँ तथा ८७ अर्ब दुुई करोड ४५ लाख २४ हजार रुपैयाँ रहेको छ । यसैगरी ओमको निक्षेप तथा कर्जा रकम क्रमश २४ अर्ब ७९ करोड ८९ लाख ९९ हजार तथा २२ अर्ब ४९ करोड ५१ लाख २१ हजार रुपैयाँ रहेको छ ।
मर्जर पश्चात बन्ने एनएमबि बैंकको प्रमुुख कार्यकारी अधिकृतमा हाल एनएमबिका प्रमुुख कार्यकारी अधिकृत सुनिल केसी रहनेछन भने ओमका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी डेपुुटी सिईओको रुपमा रहनेछन् । हाल एनएमबि बैंकको एक सय १० वटा शाखा तथा चार वटा एक्सटेन्सन काउन्टर रहेको छ भने ओमको ५३ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टर रहेको छ । सोही आधारमा प्राप्ती पश्चात बन्ने एनएमबि बैंकको कुुल शाखा संख्या एक सय ६३ वटा तथा एक्सटेन्सन काउन्टरको संख्या पाँच पुुग्ने छ । यसैगरी हाल एनएमबिको एक सय एक वटा एटिएम काउन्टर रहेको छ भने ओमको १९ वटा एटिएम काउन्टर रहेको छ । एकीकृत कारोबार पश्चात एनएमबिको कुुल एटिएम काउन्टरको संख्या एक सय २० वटा पुुग्ने छ ।