अन्तर्राष्ट्रिय

पाँच सुरक्षा अधिकारी र दश तालिबान लडाकू मारिए

कलात । अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा गएराती रातभर सुरक्षा अधिकारी र तालिबान लडाकू समूहबीच भएको दोहोरो झडपमा परी पाँच सुरक्षा अधिकारीको ज्यान गएको छ ।

यस झडपमा परी अन्य दश तालिबान लडाकू मारिएका एक स्थानीय अधिकारीले बिहीबार जानकारीे दिएका छन् । बुधबार अबेर राती शिन्की जिल्लाको सयावारा इलाकामा रहेको प्र्रहरीचौकीमा सशस्क्र तालिबान लडाकूल बन्दुक, रकेट र ग्रिनेड आत्रमण गरेका जिल्ला प्रमुख अमिर जानले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएक छन् ।

प्रान्तीय राजधानी कलात सहरको दक्षिणमा पर्ने यस जिल्लामा सुरक्षा अधिकारी र आइएस लडाकू समूहबीच भएको यस झडपमा चार प्रहरी अधिकारी र एक सैनिकको मृत्यु भएको जानले बताएका छन् । यस झपडमा परी तीन प्रहरी र १२ तालिबान लडाकू घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ ।

गत अप्रिलमा तालिबान लडाकू समूहले सरकारी कर्मचारी र सुरक्षा अधिकारी लक्षित भीषण आक्रमण शुरु गरेयता अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये २५ वटामा अझै तालिबान लडाकू समूह र सुरक्षा अधिकारीबीच भिडन्त जारी रहेको छ ।