प्रदेश 2

अवैध केराउ र मैदा बरामद

काठमाडौँ । गैरकानुनी सामान ओसार पसार कार्य नियन्त्रण गर्न वीरगंज भंसारमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततिर लैजादै गरेको अवस्थामा अवैध केराउ र मैदा बरामद गरेको छ ।

नेपालबाट भारततर्फ पिकअप गाडीमा लोड गरी लिदैँ गरेको १५० बोरा केराउ र ३२ काटुन टाईगर क्यानवियरसमेतलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी टोलीले बारामत गरेको सामान वीरगंज भंसार कार्यलमा बुझाइ उक्त कार्यमा संलग्न दोषीलाई आवश्यक कारबाहि गर्ने बताएको छ । नेपालबाट भारत र भारतबाट नेपालतफ अवैध समान ओसार पसार कार्यमा वृद्धि भए सँगै जिल्ला प्रहरी वीरगंजले निगरानी बढाएको छ ।