प्रदेश 1

युवा सघ नेपालद्वारा बृक्षारोपण तथा जलपान कार्यक्रमको आयोजना

झापा । युवा सघ नेपाल झापा शाखाले झापाको अर्जुनधारा नगरपालिकाको सालबारीमा २९ औ स्थापना दिवसको असवर पारेर अन्तरक्रिया ,बृक्षारोपण तथा जलपान कार्यक्रम आयोजना गरेको छ।

बुधवार अर्जुनधारा नगरपालिकाको सुुखानी स्मृति पार्कमा एक कार्यक्रमका वीच २९औ स्थापना दिवस मनाएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा को प्रदेश १ का अध्यक्ष देवराज घिमिरेको प्रमुख आथित्यतामा भएको अन्तरक्रियामा केन्द्रिय सदस्य देवेन्द्र दाहाल,युवा सघँ नेपालका केद्रिस्य सदस्य राजु कार्की ,नेपाल कम्युनिष्ट पार्टीका प्रदेश १ का सदस्य झलकसिँड् दर्लामी, झापाका अध्यक्ष चिन्तन पाठक ,लगाएतले शुभकामना दिएका थिए । सोही अवसर मा सुखानी पार्क युवा सघ झापाले विभिन्न प्रजातिको १सय धेरै जडिबुटीका विरुवा रोपेको छ।

२०४७ सालमा वर्तमान प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा स्थापना भएको युवा सघ नेपालले २९औ स्थापना दिवसको अवसर पारेर आज नेपालभर विविध कार्यक्रम आयोजना गरेको केन्द्रिय सदस्य पर्वतराज भण्डारीले जानकारी दिए । स्थापना दिवसकै असवर पारेर सालबारीमा चियापान समारोह समेत आयोजना गरिएको थियो ।

समारोहमा पार्टीका नेताहरु दिपक कार्की,मनकुमार गौतम,सहित युवा नेताहरु दुर्गा गौतम,त्रिलोचन सापकोटा,प्रत्युस राना मगर,लगाएतका केन्द्रिय नेताहरुको समेत सहभागिता रहेको थियो । झापाका अध्यक्ष शम्भु भण्डारीको नेतुत्वमा ५सय धेरै युवाहरुको सहभागिता रहेको स्थापना दिवस कार्यक्रमले २०२८सालका झापा विद्रोहका शहिदहरुलाइ समेत सलामी चढाएको थियो ।