अन्तर्राष्ट्रिय

हवाई आक्रमणमा १२ जना मारिए

नाइजेरिया । नाइजेरियाको सरकारी सुरक्षाकर्मीहरूले गरेको हवाई आक्रमणमा परी कम्तीमा १२ जना मारिएका छन् । देशको कदुना राज्यअन्तर्गत पर्ने कुमुकु जङ्गलमा भएको आक्रमणमा उनीहरू मारिएको सैन्य स्रोतले बुधबार जनाएको छ ।

नाइजेरियाली हवाई सेनाका प्रवक्ता इबिकुन्ले डारामोलाले दिएको जानकारीअनुसार उनीहरूले अपहरणमा परेका १५ जनालाई अपहरणमुक्त गर्न पनि सहयोग गरेका छन् । मारिनेहरू आपराधिक समूहका व्यक्तिहरू भएको सरकारी सैन्य अधिकारीहरूले दाबी गरेको समाचारमा जनाइएको छ ।