राजनीति

मिडिया बिधेयक पासभएपछि परिवारसाग बसेर समाचार पढ्न, हेर्न र सुन्न पाईन्छः प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडिया बिधेयक हचुवाको भरमा नल्याएको बताएका छन् । भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किने क्रममा उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले समाचार पढ्दा, हेर्दा र सुन्दा परिवारसँगै बसेर सुन्न पाईने अवस्थाको श्रृजना गर्नका लागि मिडिया विधेयक जरुरी भएको बताए ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर आज साँझ उहाँ स्वदेश र्फिर्कका बोला प्रधानमन्त्रीले मिडिया काउन्शीलको बचाउ गरेका हुन् । सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी अर्पण गरेको थियो ।। उनका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतका प्रतिनिधिमण्डलका सदस्य पनि आजै स्वदेश फर्किका छन्।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुुवास नेम्बाङ र उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए ।