राजनीति

लोकतन्त्र, मानबअधिकार र प्रेश स्वतन्त्रताका बिरुद्धमा लागे सडकबाट आन्दोलन गर्छौः काँग्रेस

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले पेश गरेको मिडिया बिधेयका असंबैधानिक भएको बताएको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारले पेश गरेको मिडिया बिधेयक फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

‘संविधानको प्रावधान र व्यवस्था तथा भावनाको प्रतिकूल हुने गरी नेपाल सरकार मन्त्रिपरिषद्‌ले निर्णय गरी संघीय संसद्‌मा दर्ता भएकोमा कांग्रेस संसदीय दल घोर भर्त्सना गर्दछ’ काँग्रेस संसदीय दलले प्रकाशित गरेको विज्ञप्तीमा उल्लेख छ । काँग्रेस सभापति शेरबहादु देउवाले लोकतन्त्र, मानब अधिकार र प्रेश स्वतन्त्रताका लागि पार्टीले शसक्र प्रतिबाद गर्ने बताएका छन् ।

‘कांग्रेस सदैव राष्ट्रिय सुरक्षा, मानवअधिकार, विचार र अभिव्यक्तिको स्वतन्त्रता एवं पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिँदै सबै प्रकारका निरकुशंताको विरुद्ध संघर्ष गरी रहनेछ ।’ काँग्रेसले भनेको छ ।

काँग्रेस संसदीय दलको बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मिडिया बिधेयक पास गरी बिस्तारै मुलुकलाई अधिनायकबादतिर लान लागी परेको बताएको छ । काँग्रेसले लोकतन्त्र, मानबअधिकार र प्रेशका बिरुद्धमा लागे सडकबाट आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।