राजनीति

बरिष्ठ नेता नेपाल प्रश्न गर्छन्ः नेकपाले ५५ प्रतिशतमात्र मत पाएको हो, दुईतिहाईको दम्भ किन ?

काठमाण्डौ । नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले नेकपाले ५५ प्रतिशतमात्र मत पाएको बताएका छन् राजधानीमा युवा संघको एक कार्यक्रममा बोल्दै पार्टीभित्र जिम्मेवारी बाँडफाँड भएको छ कि छैन, सार्बजनिक महत्वको बिषयमा आन्तरिक छलफल भएको छ कि छैन भन्ने कुरा महत्वपूर्ण रहने दाबी गर्दै दम्भ गर्न नहुने बताएका छन् ।
पूर्ब प्रधानमन्त्री समेत रहेका नेता नेपालले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुईतिहाईको द्वन्द्व निम्त्याएको र उक्त द्वन्द्वले त्याग्नुपर्ने साँकेपतिक रुपमा बताएका छन् । माओबादी र एमाले मिलेपछि रुष्ट बनेको सार्बजनिक छताछुल्ल भएका नेता नेपाल पछिल्लो समयमा केपी शर्मा ओलीसँग नजिक रहेका भएपनि आजको कार्यक्रममा सरकारले दम्भ निम्त्याएको बताउन चुकेनन् ।
प्रधानमन्त्री केपी शर्मा ओली बिदेशबाट आउने दिन बुधबार बोल्दै सरकारबिरुद्ध बरिष्ठ नेता नेपाल आक्रोशीत देखिएका छन् । ईमन्दार कार्यकर्ताको मूल्याँकन गर्न र देश विकासलाई महत्व दिनुपर्नेमा गफमात्र गरेको समेत नेता नेपालको भनाई छ ।