अन्तर्राष्ट्रिय

इरानले अमेरिकालाई गरिब देशको जस्तै व्यवहार गरोस्- अमेरिका

काठमाडौँ । अमेरीकाले एक हप्ता अगाडि मात्रै मध्य पूर्वमा विमानवाहक युद्धपोत तैनाथ गरेका कारण बढेको तनावका विषयलाई लिएर अमेरिकाले इरानसँग युद्ध नचाहेको स्पष्ट्र पारेको छ ।

रुस भ्रमण रहेका अमेरिकी विदेशमन्त्री पोम्पियोले इरानले अमेरिकालाई गरिब देशको जस्तै व्यवहार गरोस् भन्ने चाहना रहेको जनाएका छन् । तर इरानले अमेरिकाको हित हुने पक्षमाथि हस्तक्षप गरे त्यसको जवाफ दिने पनि बताएका छन् ।

संयुक्त अरब इमिरेट्ससे आफ्नो क्षेत्रमा चार वटा जहाजमाथि आक्रमणको प्रयास गरेको इरानमाथि आरोप लगाएपछि स्थिति तनावपूर्ण भएको थियो । अन्तरराष्टिय सञ्चारमध्यामका अनुसार, अमेरिकी जाँचकर्ताहरुले यो घटनामा इरान र सहयोगी समूहको संलग्नता रहेको बताएका थिए । यद्दपि, इरानका सर्वोच्च नेता आयातुल्लाह खामनेइले पनि अमेरिकासँग कुनै युद्ध नहुने बताएका छन् ।