आर्थिक

एनआई सी एशिया बैंक र स्पार्क हेल्थ होमबीच सम्झौता

काठमाण्डौ । एनआई सी एशिया बैंक र स्पार्क हेल्थ होम बीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई स्पार्क हेल्थहोममा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदानगर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हेल्थहोमको तर्फबाट स्पार्क हेल्थहोमका कार्यकारी निर्देशक हरि शरण रिजालले हस्ताक्षर गरका छन् ।