अन्तर्राष्ट्रिय

भोडाफोनले वार्षिक नोक्सानी सात अर्ब युरोभन्दा बढी

लन्डन । बेलायती दूरसञ्चार कम्पनी भोडाफोनले वार्षिक नोक्सानी करिब ७ अर्ब ६० करोड युरो पुगेको मङ्गलबार जनाएको छ । वित्तीय वर्ष सन् २०१८–२०१९ मा कम्पनीको नाफामा पनि कमी आएको भोडाफोनले जनाएको छ ।

खासगरी भोडाफोन इन्डियाको शेयर बिक्री गरेपछि कम्पनीको घाटा बढेको देखिएको छ ।  भोडाफोन इन्डिया पछिल्लो वर्ष आइडिया सेलुलरसँग गाभिएको थियो ।