आर्थिक

सुनसरीको पानवारीमा राष्ट्रिय वाणिज्य बैंकद्धारा कारोबार शुभारम्भ

काठमाडौँ । प्रदेश नम्बर १, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न. ६ स्थित राष्ट्रिय वाणिज्य बैकको शाखा कार्यालय पानवारीको कारोबार शुभारम्भ गरिएको छ । यसपछी बैंकको शाखा कार्यालयको संख्या २१९ पुगेको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २ सय १९ वटा शाखा कार्यालय, १ सय ७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।