कठमाडौँ । स्याड भर्सनको गीत ‘सम्झना आउदैछ’ सार्वजनिक भएको छ । बल बहादुर राजवंशीको स्वर तथा संगीत रहेको गीतमा शब्द मुकेश राजवंशीको सुन्न सकिन्छ । प्रकास धितालले निर्देशन गरेको म्युजिक भिडियोमा बिकास राजवंशी र मधु क्षेत्रीको अभिनय रहेको छ ।
प्रेम र बिछोड गीतलाई दर्शक तथा स्रोताहरुले रुचाउनेमा निर्माण पक्ष दुक्क रहेको छ । म्युजिक भिडियोमा सन्तोस राजबहकको कोरियोग्राफी,अर्जुन तिवारीको छायाँकन,बिमला तामांगको मेकअफ र बिकास दाहालको सम्पादन समाबेस छ ।
https://youtu.be/YxazUw_vmVU