बाग्मती

खानेपानीको पाइपलाइनमा क्षति

बेत्रावती । नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा मुहान विवादका कारण खानेपानी योजनाको पाइपलाइन विस्तार भएकै दिन क्षति पु¥याइएको छ । विदुर नपामार्फत विनियोजित एक लाख एक हजार लगानीमा सोमबार विस्तार गरिएको करीब ९०० मिटर लम्बाइको ३२ एमएमको पाइप गए राति काटिएको हो ।

घट्टेखोला मुहान गरेर आमथाङको बाँझोगाउँस्थित बस्तीमा ल्याइएको खानेपानीको पाइप विभिन्न स्थानमा टुक्रा–टुक्रा बनाएर काटिएको वडाध्यक्ष दलबहादुर तामाङले जानकारी दिए। उनका अनुसार सोमबार दिनभर लगाएर गाडिएको पाइप गए राति २५ भन्दा बढी टुक्रा बनाएर क्षति पु¥याइएको छ । उक्त पाइपलाइनमा क्षति बनाउन सोही स्थानका असहमति राख्ने व्यक्तिको संलग्नता हुनसक्ने उनको अनुमान छ ।

खानेपानी योजनाका लागि घट्टेखोला मुहानबाट पानी ल्याउन सोही स्थानका अन्य बस्तीका बासिन्दाले असहमति जनाउँदै आएका थिए । विरोधका बीच योजना कार्यान्वयनमा ल्याएलगत्तै क्षति पु¥याइएकाले यसअघि उक्त योजनामा विवाद गर्ने स्थानीय व्यक्तिमाथि अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।